लमही, फागुन २८ । नेकपा संसदीय दलका सचेतक शान्ता चौधरी अचानक अस्वस्थ भएकी छन् ।
दाङ, तुलसीपुरमा रहेको उच्च सरकारी वकिल कार्यालयको नयाँ भवन उद्घाटन कार्यक्रममा मन्तव्य व्यक्त गर्नेक्रममा रिँगटा लागेपछि उनलाई तुलसीपुर उपमहानगरपालिकाका प्रमुखको गाडीमा अस्पताल लैजाँदै गर्दा बाटोमा बेहोस भएकामा हाल होसमा आएको स्वकीयसचिव सन्तोष दहितले जानकारी दिए ।
बिहान करिब १० बजेतिर बेहोस भएकी चौधरीको दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारपछि होसमा आएकी हुन् ।
चिकित्सकले उनको अवस्था सामान्य रहेको भनी जानकारी दिएको स्वकीयसचिव दहितले जानकारी दिए । उनको प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ ।
उच्च रक्तचापका कारण यस्तो समस्या देखिने गरेको स्वकीयसचिव दलिहतले चिकित्सकलाई उद्धृत गर्दै बताए ।
चौधरी यसअघि संविधान दिवसका अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित विशेष कार्यक्रममा पनि बेहोस भएकी थिइन् । रासस









प्रतिक्रिया दिनुहोस्