
मंगलबार राती भएको खेलमा मोरक्कोले आईभोरी कोष्टलाई १-० ले हरायो । खेलमा मोरक्कोलाई विजयी गराउन रासिद अलीओईले ६४ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।
मंगलबार राती भएको खेलमा टोगोलाई ३-१ ले हराँउदै प्रजातान्त्रिक गणतन्त्र कंगो पनि क्वाटरफाईनलमा पुगेको छ ।
समुह सी मा सबै तीन खेल सकिंदा कंगोको ७ अंक छ भने मोरक्कोले ६ अंक जोडेको छ । यसैगरी आईभोरी कोष्टको २ अंक मात्रै हुँदा अन्तिम स्थानको टोगोको १ अंक रहेको छ ।
अफ्रिका कप फुटबलमा आज समुह डी का बाँकी खेलहरु हुनेछन् । आज हुने खेलमा क्वाटरफाईनलमा स्थान बनाईसकेको ईजिप्टले घानाको सामना गर्दा युगाण्डा र माली भिड्नेछन् ।
यसअघि समुह ए बाट बुर्कीना फासो र क्यामरुन तथा समुह बी बाट सेनेगल र ट्युनिसिया क्वाटरफाईनलमा पुगीसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्