२२ श्रावण २०८२, बिहिबार | Fri Aug 8 2025


सल्यानमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु


0
Shares

सल्यान । सल्यानमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

श्रीनगरबाट लुहाम जाँदै गरेको रा. १ त ११५१ नम्बरको ट्याक्टर गएराति शारदा नगरपालिका–१ शान्तिनगरमा दुर्घटना भएको हो ।

दुर्घटनामा शारदा नगरपलिका–१२ चिसापानीका २४ वर्षीय चालक कृष्णबहादुर डाँगी र शारदा नगरपालिका–१ चैवाङ्गजिउलाका १४ वर्षीय अम्बर बुढाथोकीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टर सडकबाट करिब ५० मिटर तल खेतमा खसेको स्थानीयले बताएका छन् ।