२३ बैशाख २०८२, मंगलबार | Wed May 7 2025


कश्मीरमा सैनिक क्याम्पमा हिमपहिरो, १० सैनिकको मृत्यु


0
Shares

श्रीनगरबाट २ सय किलोमिटर दूर्गम गेरेज क्षेत्रमा सेनाको दुई वटा शिविर हिमपहिरोको चपेटामा परेको बताइएको छ ।

हिमपहिरोमा परि अरु धेरै सैनिक हराइरहेको अधिकारीहरुले जनाएका छन् । एक सेनानी र छ जना सैन्य जवानलाई भने सकुशल उद्धार गरिएको छ ।

हिमपहिरो गएको क्षेत्रमा मौसम अत्यन्त खराब रहेकाले उद्धारमा कठिनाई भएको श्रीनगरमा सेनाका प्रवक्ताले जनाएका छन् ।

हिजो मात्र कश्मिरको गुरेज र सोनमर्ग क्षेत्रमा आएको हिमपहिरोमा सेनाका एक अधिकृत सहित चार सर्वसाधरणको मृत्यु भएको थियो ।

पछिल्ला वर्षहरुमा जम्मु कश्मिरका विभिन क्षेत्रमा गएको हिमपहिरोमा सैनिक र सर्वसाधरण गरि धेरैजनाको मृत्यु भएको छ । (एजेन्सी)