पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले नेत्रविक्रम चन्दलाई जनयुद्धको नक्कल नगर्न चेतावनी दिएका छन् । त्यस्तो नक्कल गरेर नयाँ ब्यवस्था ल्याउन नसकिने उनले बताएका हुन् ।
पोखरामा पत्रकारहरुसँग कुरा गर्दै दाहालले विप्लव समूहले गरेको क्रियाकलाप जनयुद्धको नक्कल भएको भन्दै त्यसले गन्तब्यमा पुग्न नसक्ने बताएका हुन् ।
उनले विप्लवलाई तत्कालीन माओवादीले २०५२ सालमा गरेको कुरालाई नक्कल गर्न खोजेको आरोप लगाए । दाहालले जनयुद्धकालमा गरेको जस्तो नक्कल गरेर प्रचण्ड बन्न खोज्नु गलत भएको पनि बताए ।
दाहालले विप्लवलाई सरकारसँग वार्तामा आउन सुझावसमेत दिएका छन् । गलत बाटोमा हिंडिरहे राज्य चुप लागेर नबस्ने र प्रशासनिक कार्वाही गर्ने चेतावनी पनि उनको थियो ।









प्रतिक्रिया दिनुहोस्