काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानको बर्खिलाप हुने र विखण्डनको पक्षमा रहने कुनै पनि संझौता पार्टीले स्वीकार गर्न नसक्ने बताएका छन् ।
आज नेपाल अमेरिका वेस्टर्न जनसम्पर्क समितिले प्रतिनिधिसभा निर्वाचनमा उदयपुरमा भएको बम विष्फोटमा परी घाइते बनेकी मिरा कटुवाललाई राहत दिन आयोजित कार्यक्रममा बोल्दै नेता सिंहले सरकार र सिके राउत बीचको सहमति उलंघन भईसकेको भन्दै सरकार नै विखण्डनलाई प्रशय दिन लागिपरेको बताए ।
सो क्रममा नेता सिंहले एक लाख रुपयाँ कटुवाललाई हस्तान्तरण गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्