काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र सिके राउतलाई मूलधारमा ल्याएको दावी गर्ने र देश टुक्र्याउनेलाई नायक बनाइएको भन्दै आलोचना गर्नेहरुबीचको जुहारीले सामाजिक सञ्जाल रंगिएको छ ।
अझ स्वतन्त्र मधेश गठबन्धन समूह र पृथकतावादी विचार त्यागेर राउत मूलधारमा आएको दावी सरकारनिकटकाहरुले गरिरहेका बेला आइतवार राउत जनकपुर पुग्दा मधेश अलग राष्ट्र बनाउने नारा लागेपछि यो विवाद तन्किएको छ ।
नेकपाभित्र नेता भीम रावल, नारायणकाजी श्रेष्ठलगायतले देश टुक्र्याउन लाग्ने राउतलाई नायक बनाउन खोजिएको भन्दै आपत्ति जनाएका छन् ।
राउतसँग अपारदर्शी सम्झौता गरिएको भन्दै आपत्ति जनाएका रावलले पछिल्लो पटक सामाजिक सञ्जालमा ‘दलालहरूको आँखामा दलालै संसार’ ! भन्ने व्यंग कस्दै ट्वीट गरेका छन् ।
रावलले ‘देश टुक्र्याउने घोषणा गर्नेलाई नायक बनाउने काम नगरौ, नेपालको तराईलाई विभाजन गर्ने षडयन्त्रबाट सचेत हौं भन्ने दलाल हुने, देश विभाजनको षडयन्त्र गर्नेलाई बोक्ने र प्रसंशा गर्ने खाँटि इमान्दार ! कुतर्कको पराकाष्टा !’ भन्दै आफ्नो ट्वीटमा उल्लेख गरेका हुन् ।










प्रतिक्रिया दिनुहोस्