Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


‘प्याच्च’ बोल्नेलाई भीम रावलको सुझाव– टाउको दुखे देशभक्तिको चक्की खानू


0
Shares

काठमाडौं, फागुन २७ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा सांसद भीमबहादुर रावलले पार्टीभित्र आफ्ना आलोचकलाई कुरा नबुझी ‘प्याच्च’ नबोल्न सुझाव दिएका छन् ।

पार्टी नेतृत्व र सरकारका कतिपय काम कारवाहीको आलोचना गर्दै आएका रावलले पछिल्लो समय सरकार र सिके राउतबीच भएको सहमतिको समेत आलोचना गरेका छन् । उनले उक्त सहमतिमा प्रयोग भएका शब्द नेपालको संविधानको मर्म र भावनाविपरीत भएको दावी गर्दै सच्याउन माग गर्दै आएका छन् ।

नेकपाकै एकथरी नेता–कार्यकर्ताले रावलको आलोचना गर्दै विभिन्न लाञ्छना लगाउन थालेका छन् । तिनै आलोचकलाई जवाफ दिँदै रावलले आइतबार साँझ लगातार चारवटा ट्वीट गरेका छन् ।

नबुझी प्याच्च बोल्नु विवेकी काम होइन भन्दै रावलले ट्वीट गर्दै भनेका छन्, ‘देश शान्ति प्रक्रियाका रहेको बेला एमाले पार्टीले मलाई शिक्षा मन्त्रीमा पठाउने निर्णय गर्दा राजीखुशी अरु साथीलाई मन्त्री बनाउन पार्टीलाई अनुरोध गर्दै बालुवाटारमा संयुक्त सरकारको साझा सहमतिको न्यूनतम् कार्यक्रम बनाउने काममा खटिने म नै हुँ । अहिले देशको हितमा बोल्दा कसैको टाउको दुखे देशभक्तिको चक्की खानु उचित होला ।’