Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


इथियोपियाली एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु हुनेमा नेपाली पनि


0
Shares

काठमाडौं, फागुन २७ । इथियोपियाली एयरलाइन्सको विमान दुर्घटनामा परेर आइतबार ज्यान गुमाउने १५७  यात्रुमध्ये एक नेपाली युवती परेकी छिन् ।

दुर्घटनामा गोर्खा घर भएकी एकता अधिकारीको मृत्यु भएको हो ।

इथियोपियाको अदिस अबाबाबाट केन्याको नैरोवीतर्फ उडेको विमान धावनमार्ग छाडेको केहीबेरमै दुर्घटनामा परेको थियो ।

अधिकारी इथियोपियास्थित राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रममा कार्यरत थिइन् ।

विमानमा चालकदलका ८ सदस्य र १४९ यात्रु थिए । –कान्तिपुर दैनिकबाट