Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


ग्यास सिलिन्डर पड्किएर पोखराको एक क्लबमा आगलागी


0
Shares

पोखरा । पोखराको लेकसाइडस्थित एक क्लबमा ग्यास विस्फोटपछि भएको आगलागीबाट लाखौंको क्षति भएको छ ।

लेकसाइडको हल्नचोकमा रहेको केजी बर्गर एन्ड जुस क्लबबाट गएराति ग्यास सिलिन्डर पड्किएपछि आगलागी भएको हो ।

आगलागीका कारण क्लबका अधिकांश सामान जलेर नष्ट भएका छन् । आगलागीबाट आसपासका केही पसलमा समेत क्षति भएको छ ।

दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा दुई घण्टामा आगो नियन्त्रणमा लिइएको थियो ।