२२ श्रावण २०८२, बिहिबार | Thu Aug 7 2025


निर्मला बलात्कार–हत्या प्रकरणः बमद्वारा गाली–बेइज्जती मुद्दा दायर


0
Shares

काठमाडौं, फागुन २४ । १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरणमा आफूहरुलाई अनावश्यकरुपमा मुछेर बेइज्जत गरेको भन्दै ‘बबिता’ भनिने अनिता बमले शुक्रबार कन्चनपुर जिल्ला अदालतमा गाली–बेइज्जती मुद्दा दर्ता गरेकी छन् ।

मुद्दामा कानुन व्यवसायी एवं मानवअधिकारकर्मी इन्द्रप्रसाद अर्यालसहित तीनजनालाई विपक्षी बनाइएको छ ।

विपक्षी बनाइएका अर्याल नेपाल मानव अधिकार संगठन (ह्युरोन)का अध्यक्ष हुन् ।

यस्तै, पत्रकार खेम भण्डारी र भक्ति फुलारालाई पनि विपक्षी बनाइएको छ ।