२२ श्रावण २०८२, बिहिबार | Thu Aug 7 2025


कलाकार बनेर नेपाली गीतमा यसरी नाचिन् चिनियाँ राजदूत


0
Shares

काठमाडौं, फागुन २४ । १०९औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा शुक्रबार काठमाडौंस्थित चिनियाँ दूतावासले एक कार्यक्रमको आयोजना गर्‍यो ।

कार्यक्रममा चिनियाँ राजदूत हाउ यान्छी आफैं कलाकार बनेर नृत्य प्रस्तुत् गरिन् ।

उनले गायिका मेलिना राईद्वारा स्वरबद्ध ‘चरीजस्तै उड्न पाए…’ बोलको नेपाली गीतमा नृत्य गरेकी हुन् ।

सो नृत्यमा राजदूत हाउलाई अरु नृत्यांगनाहरुले साथ दिएका थिए ।

त्यसअघि, राजदूत हाउले चिनियाँ महिलाहरु पनि नेपाली महिलासित साथ–साथै हिँडेर दुई मुलुकको समृद्धि र मित्रतालाई प्रगाढ बनाउन इच्छुक रहेको धारणा राखिन् ।

चीन र नेपाल नदीनाला र पहाडले जोडिएको भन्दै उनले ‘बेल्ट एन्ड रोड’ साझेदारी र सहकार्यबाट दुई मुलुकले महिला विकासको क्षेत्रमा पनि सहकार्य गर्ने बताइन् ।

आफू राजदूत भएको दुई महिनामै नेपालमा थुपै्र महिला साथीहरु बनाएको सुनाउँदै उनले राष्ट्रपति विद्यादेवी भण्डारी ‘विशेष साथी’ बनेको बताइन् ।

सो अवसरमा विभिन्न सांस्कृतिक प्रस्तुतिहरु प्रस्तुत् गरिएको थियो ।