२५ बैशाख २०८२, बिहिबार | Thu May 8 2025


भारतले गोप्य ढंगले परमाणु शहर निर्माण गरिरहेको पाकिस्तानको आरोप


0
Shares

पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता नफीस जकरियाले भारतले गोप्य ढंगले परमाणु शहर बनाइरहेको जिकीर गरेका हुन् ।

पत्रकारहरुसँग जकरियाले भारतले अन्तर–महाद्विपीय मिसाइलको परीक्षण गरिरहेको र यसले यसक्षेत्रकै सामरिक सन्तुलन बिग्रने पनि बताए ।

भारतले धेरैभन्दा धेरै खतरनाक हतियार संकलन गरिरहेको भन्दै यस कार्य रोक्न अन्तर्राष्ट्रिय समुदाय एकजुट हुनुपर्ने पनि पाकिस्तानले जनाएको छ । भारत यही गतिमा अगाडी बढिरहे आफ्नो बचाउका लागि तयार रहनुको विकल्प पाकिस्तानसँग नरहने जिकीर प्रवक्ताको छ ।

भारतले भने पाकिस्तानको यस आरोपलाई कपोलकल्पित भन्दै अस्वीकार गरेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले आरोप निराधार र कपालकल्पित रहेको बताए ।

यसअघि सन् २०१५ मा अमेरिकी पत्रिका फरेन पोलिसले पनि भारतले गोप्य ढंगले परमाणु केन्द्र निर्माण गरिरहेको र जसमा हाइड्रोजन बम बनाउने क्षमताको वृद्धि गर्ने लक्ष्य रहेको दावी गरेको थियो । (एजेन्सी)