२५ बैशाख २०८२, बिहिबार | Thu May 8 2025


एचआइभी संक्रमितको प्रयोगमा ल्याइएको सिरिन्ज स्वस्थ्य व्यक्तिलाई लगाइदिएपछि…


0
Shares

चीनको ह्याङजोहु जेइजाङ अस्पतालका कर्मचारीले एचआइभी/एड्स लागेका व्यक्तिको प्रयोगमा ल्याइएको सिरिन्ज स्वस्थ्य व्यक्तिलाई लगाएको आरोपमा पाँचजनालाई निलम्बन गरिएको हो ।

चीनमा एचआइभी संक्रमितका कारण स्वस्थ्य मानिसमा यो रोग सरेको भने यो पहिलो घटना होइन ।

यसअघि, सन् १९९० मा चीनको हुनान प्रान्तको एक गाउँका एचआइभी पीडितले रक्तदान गर्दा ५० भन्दा बढी मानिस एचआइभी संक्रमित भएका थिए ।

एचआइभी सरेका बिरामीको निःशुल्क उपचार गर्ने सो अस्पतालले जनाएको छ ।

पीडितका परिवारले भने अस्पतालको लापरबाहीका कारण यस्तो घटना भएको भन्दै विरोध गरेका छन् । (एजेन्सी)