२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


नेपालमा ‘ए’ डिभिजनमा फुटबल क्लवलाई लाइसेन्स लागु गर्ने तयारी


0
Shares

यसैको तयारी र छलफलका लागि एसियाली फुटबल महासंघ ए.एफ.सी का प्रतिनिधि नेपाल आएका छन् ।

एएफसीका क्लब लाइसेन्सिङका प्रमुख महाजन वासुदेभन नायरसँग आइतबार भएको छलफलका क्रममा एन्फाले यसै वर्षदेखि क्लव लाईसेन्स लागु गर्ने जानकारी गराएको हो ।

छलफलका क्रममा ए डिभिजन क्लबका प्रतिनिधि पनि सहभागी थिए । एएफसीले फुटबल क्लब तथा फुटबल संघलाई यसको कार्यान्वयन चरणमा सहयोग गर्ने जनाएको छ ।

एएफसीले क्लब लाइसेन्सको मापदण्ड नपुग्ने क्लबलाई आगामी वर्षदेखि क्लब स्तरको कुनै पनि प्रतियोगितामा सहभागी हुन नदिने निर्णय गरिसकेको छ ।

क्लब लाइसेन्स पाउन नेपालका ए डिभिजन क्लबले खेलकुद, पूर्वाधार, प्रशासन, कानुनी, आर्थिकलगायत क्षेत्रमा एएफसीले तोकेको न्यूनतम मापदण्ड पूरा गर्नुपर्नेछ ।