१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


हाइब्रिड जातको मकै खेतीप्रति किसानको आकर्षण


0
Shares

कमलाखोंच र मरिणखोला क्षेत्रका अधिकांश किसानले हाइब्रिड जातको मकै खेती लगाएका छन् । अन्य खाद्यान्न बालीको तुलनामा मकै खेती गर्न सजिलो हुने भएकाले पछिल्लो समयमा मौसमी तथा बेमौसमी हाईब्रिड जातको व्यवसायिक मकै खेतीप्रति सिन्धुलीका किसान आकर्षित हुँदै आएका हुन् ।

सिन्धुलीमा ५७ हजार २ सय २ हेक्टरमा व्यवसायिक मकै खेती हुने गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।