
इलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक देवेन्द्रकुमार मल्लको कमान्डमा रहेको टोलीले कालिका गाउँ विकास समितिस्थित कर्णालीपुरबाट गोरखाका तीन युवतीलाई उद्धार गरेको हो ।
उनीहरुलाई विदेश पठाउन खोज्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । मानव बेचबिखनको अभियोगमा बर्दिया, मैनापोखर गाविस वडा नम्बर–९ का २८ वर्षीया शान्तिकुमारी थारु र वीरेन्द्र नगर नगरपालिका सुर्खेत घर भइ हाल मैनापोखर–९ बस्ने डम्मर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेकालाई बर्दिया प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
मानव बेचबिखनका ‘प्रमुख नाइके’ बर्दियाको जमुनी गाविस वडा नम्बर–१ का दुर्गाबहादुर सुनार भने फरार रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक भरतबहादुर बोहराले जानकारी दिए ।
फरार प्रतिवादीको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्