२५ बैशाख २०८२, बिहिबार | Fri May 9 2025


अमेरिकाले भेनेजुयलाका उपराष्ट्रपतिमाथि लगायो प्रतिबन्ध, यस्तो छ आरोप


0
Shares

अन्तर्राष्ट्रिय लागुऔषध कारोबारमा संलग्न रहेको आरोप लगाउँदै अमेरिकाले इल आइसामीमाथि प्रतिबन्ध लगाएको हो ।

प्रतिबन्धबाट उपराष्ट्रपति इल आइसामीको अमेरिकामा रहेको सम्पत्ति रोक्का भएको छ भने उनी अमेरिका प्रवेश गर्न पाउने छैनन् ।

भेनेजुयलाबाट हवाई र स्थलमार्ग हुँदै लागुपदार्थ ओसारपसारमा इल आइसामी सहजकर्ता बनेको अमेरिकी आरोप छ ।

यस्तै, भेनेजुयलाका लागुऔषधका नाइके वालिद माक्लेदलाई उनको कारोबारमा संरक्षण गरेको आरोप पनि अमेरिकाले इल आइसामीमाथि लगाएको छ ।

गत महिनामात्र राष्ट्रपति निकोलस मडुरोले इल आइसामीलाई उपराष्ट्रपति नियुक्त गरेका थिए । (एजेन्सी)