२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


पाथीभरा भलिबलमा आर्मी र पुलिसको विजयी सुरुआत


0
Shares

जिल्ला भलिबल संघ ताप्लेजुङको आयोजनामा मंगलबार (आज)देखि फुङ्लिङमा सुरु भएकोे प्रतियोगिताको उद्घाटन खेलमा आर्मी क्लबले २५–१०, २५–१७ र २५–१० को सोझो सेटमा मध्यमाञ्चल भलिबल टिमलाई पराजित गरेको हो ।

मंगलबारै भएको दोस्रो खेलमा पुलिस क्लबले पूर्वाञ्चल भलिबल टिमलाई २५–१८, २५–१३ र २५–१४ को सोझो सेटमा हरायो ।

‘राउन्ड रोबिन’को आधारमा खेलाइने प्रतियोगितामा आर्मी, पुलिस र सशस्त्र प्रहरीका साथै दुई क्षेत्रीय टोली मध्यमाञ्चल र पूर्वाञ्चलको सहभागिता रहेको छ ।

प्रतियोगिताअन्तर्गत् बुधबार पुलिस र सशस्त्र प्रहरी तथा दोस्रो खेलमा पूर्वाञ्चल र मध्यमाञ्चलबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको विजेता टिमले ३ लाख ३० हजार रुपैयाँ पुरस्कार पाउने छ ।