Logo १६ बैशाख २०८३, बुधबार | Thu Apr 30 2026


नेकपाले दिवंगत नेताद्वयको सम्झनामा श्रद्धाञ्जली सभा गर्दै


0
Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाले आफ्ना दिवंगत नेताद्वय रविन्द्र अधिकारी र भरतमोहन अधिकारीको सम्झनामा संयुक्त श्रद्धाञ्जली सभा गर्दै छ ।

स्वर्गीय नेताद्वय अधिकारीको सम्झनामा काठमाडौंको भृकुटीमण्डपमा नेकपाले आज श्रद्धाञ्जली सभा गर्न लागेको हो ।

सभालाई प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले संबोधन गर्नेछन् ।

पर्यटनमन्त्री रवीन्द्र अधिकारीको यही फागुन १५ गते ४९ वर्षको उमेरमा ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परि निधन भएको थियो भने पूर्व उपप्रधानमन्त्री एवम् अर्थमन्त्री भरतमोहन अधिकारीको गएको शनिबार ८२ वर्षको उमेरमा काठमाडौंमा निधन भएको थियो ।