
आगामी चैत ८ गतेदेखि एक सातासम्म भक्तपुरस्थित मध्यपुर युथ एसोसियसन क्लबको मैदानमा क्याम्प सन्चालन हुनेछ ।
इटालीको प्रतिष्ठित घरेलु लिग सिरी ‘ए’को टोली एसी मिलानसँगको सहकार्यमा नेपालमा क्याम्प सन्चालन हुन लागेको हो ।
नेपाली युवा खेलाडीहरुलाई एक सातासम्म एसी मिलानको एकेडेमीमा प्रशिक्षण गराइरहेका प्रशिक्षकहरुबाट फुटबल प्रशिक्षणका साथै अरु व्यावहारिक तथा सैद्धान्तिक शिक्षा प्रदान गरिने जनाइएको छ ।
क्याम्पमा सहभागी हुन चाहने खेलाडीले आगामी फागुन १७ गतेभित्र ३० हजार रुपैयाँ शुल्कसहित नाम दर्ता गराउनु पर्नेछ ।
आयोजक एट्लान्टिक स्पोर्टस म्यानेजमेनटका सन्चालक हरि खड्काले एसी मिलानजस्तो विश्व चर्चित क्लबको क्याम्पमा नेपाली युवा खेलाडीले प्रशिक्षण गर्न पाउँदा खेलाडी र समग्र नेपाली फुटबललाई नै फाइदा पुग्ने विश्वास व्यक्त गरे ।
साथै, उनले नेपालमा पहिलोपटक सन्चालन गर्न लागिएको यो क्याम्पले सफलता पाए आगामी दिनमा युरोपका अरु चर्चित क्लबहरुको प्रशिक्षण क्याम्प पनि नेपाल ल्याउन प्रयास गर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्