Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


भारतलाई चेतावनी दिदैं चीनले भन्यो– ‘आगोसँग नखेल’


0
Shares

                                          फाइल तस्वीर : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङ

ताइवानको एक संसदीय प्रतिनिधिमण्डको भारत भ्रमण लगत्तै चीनले भारतलाई यस्तो चेतावनी दिएको हो । ताइवानको संसदीय प्रतिनिधिमण्डलको भारत भ्रमणप्रति चीनले कडा आपत्ति जनाएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेंग शुआङ्गले भने, ‘हामीलाई विश्वास छ, भारतले चीनको चासो र चिन्तालाई बुझ्ने छ ।’ भारत ‘एक चीन’ नीतिप्रति प्रतिबद्ध रहने र ताइवानसँग सम्बन्धित विषयलाई समझदारीमा अघि बढाउने अपेक्षा चीनले गरेको पनि उनले बताए । यसबाट नै भारत र चीनबीचको सम्बन्ध सुमधुर हुने उनको भनाइ थियो ।

उनले भने, ‘भारत भ्रमण गर्नेहरु ताइवानका कथित जनप्रतिनिधि हुन्, चीनले आफ्नो कुटनीतिक सम्बन्ध भएका मुलुकले ताइवानसँग आधिकारिक सम्पर्क गरेको विषयलाई सदा विरोध गर्दछ ।’

यसअघि चिनियाँ सरकारी पत्रिका ‘ग्लोबल टाइम्स’ ले ‘ताइवान कार्ड’ खेल्नु भारतका लागि ‘आगोसँग खेल्नु’ जस्तै भएको बताएको थियो ।

‘केही भारतीय रणनीतिकारले मोदी सरकारलाई ताइवान कार्ड खेल्न सुझाव दिएका छन् ताकि ‘एक चीन’ नीतिप्रति प्रतिवद्धताको सट्टामा चीन पनि ‘एक भारत’ नीतिमा चलोस्, ताइवानको सवालमा चीनलाई चुनौती दिएर भारतले आगोसँग खेल्ने काम गर्दैछ,’ सो अखबारमा प्रकाशित लेखमा भनिएको छ । (एजेन्सी)