२५ बैशाख २०८२, बिहिबार | Thu May 8 2025


पाकिस्तानमा आत्मघाती आक्रमण सात जना मारिए


0
Shares

मोहमन्द आदिवासी क्षेत्रमा भएको पहिलो आत्मघाती आक्रमणमा पाँच जना मारिएका छन् ।

जसमा तीन प्रहरी अधिकारी र दुई जना सर्वसाधारण नागरिक छन् । तालिबानसँग सम्बन्धित जमात–उस–अहरारले आक्रमणको जिम्मेवारी लिएको छ ।

यस्तै पेशावर शहरमा न्यायाधीश चढेको गाडीलाई लक्षित गरी गराइएको अर्को आक्रमणमा दुई जना मारिएका छन् ।

मारिनेमा न्यायाधीश चढेको गाडीका चालक र एक पैदलयात्री छन् । गाडीमा रहेका चार जना न्यायाधीश घाइते भएको स्थानीय अधिकारीले बताएका छन् । (एजेन्सी)