२५ बैशाख २०८२, बिहिबार | Fri May 9 2025


किम जोङ नामको हत्यामा संलग्न रहेको आशंकामा थप दुईजना पक्राउ


0
Shares

पक्राउ पर्नेमा एकजना इन्डोनेसियाली महिला र उनको साथी रहेको विश्वास गरिएका मलेसियाली पुरुष छन् ।

यसअघि, भियतनामको पासपोर्ट रहेकी एक महिलालाई पनि पक्राउ गरिसकिएको छ ।

प्रहरीले शवको पोस्टमार्टम परीक्षण सकिएको बताएपनि यसबारे थप जानकारी सार्वजनिक गरेको छैन ।

मलेसियाको राजधानी क्वालालाम्पुरबाट मकाउतर्फ जान लागेका किम जोङ नामको आक्रमणपछि अस्पताल लैजादै गर्दा सोमबार मृत्यु भएको थियो । ४५ वर्षीय किम जोङ नाम ‘किम चोल’को नामबाट यात्रारत् थिए ।

उनको हत्यामा उत्तर कोरियाको संलग्नता रहेको व्यापक अनुमान गरिएको छ ।

उत्तर कोरियाका शासक किम जोङ उनका काका चाङ सोङ थाइकलाई सन् २०१३ मा मृत्युदन्ड दिएपछि मारिएका किम जोङ नाम त्यहाँका सबैभन्दा उच्च तहका व्यक्ति हुन् ।

किम जोङ नाम उत्तर कोरियाका दिवंगत नेता किम जोङ इलका जेठो छोरा हुन् । कुनै समयमा उनी किम जोङ इलको उत्तराधिकारीको रुपमासमेत हेरिएका थिए । तर, किम जोङ इले आफ्ना कान्छा छोरा किम जोङ उनलाई आफ्नो उत्तराधिकारी घोषित गरेका थिए ।

किम जोङ नाम धेरै समय मकाउ, सिंगापुर र चीनमा बस्दै आएका थिए । वर्षौंदेखि उनलाई उत्तर कोरियाले हत्या गर्न खोजे पनि चीनले संरक्षण गर्दै आएको विश्वास गरिन्छ । (एजेन्सी)