२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


लुम्बिनीमा १० लाख दीप प्रज्वलन


0
Shares

चीनको ‘लाइट अ लुम्बिनी रोड अफ डेस्टिनी उइथ बुद्धिजम्’ अभियानले लुम्बिनीमा १० लाख दीप प्रज्वलनको आयोजना गरेको हो ।

विगत एक महिनादेखि लुम्बिनीमा गरिएको दीप प्रज्वलनको बुधबार नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले समापन गरे ।

गत जनवरी १५ देखि सुरु गरिएको अभियान १० लाख दीप प्रज्वलन गरी समापन गरिएको हो ।

लुम्बिनीलाई बुद्ध जन्मस्थान भनेर चिनाउनु नै यो अभियानको मुख्य उद्देश्य रहेको बताइएको छ ।

अभियान चीनको बेइजिङबाट यात्रा प्रारम्भ गरी संघाई, हङकङ, मकाउ, ताइवान गरी ६० हजारकिलो मिटर पार गरेर लुम्बिनी आएको हो ।

अभियान चीनको विभिन्न स्थानका ३६० बुद्धबिहार भ्रमण गरी लुम्बिनीमा आर्शिवाद ग्रहण गर्न आएको हो ।

चीनको सरकारी टीभी सीसीटीभी–४ का टिमले लुम्बिनीको छायाँकन गरी लुम्बिनीको महत्वबारे डकुमेन्ट्रीसमेत तयार गरी चीनमा बुद्धको प्रचार–प्रसार गर्ने बताएका छन् ।

समारोहमा भिक्षु महासंघका अध्यक्ष भिक्षु ज्ञानपूर्णिका महास्थविरले लुम्बिनीलाई बुद्ध जन्मस्थल र बौद्धदर्शन र शान्तिस्रोतकारुपमा परिचय गराउन गरिएको प्रयासको प्रशंसा गरेका थिए ।