
अन्तरराष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेट (आइएस)ले सिते समुदायका मुस्लिमलाई सखापै पार्ने योजनाअनुरुप सो घटना गराएको भनी दाबी गरेको थियो ।
घटनापश्चात् पाकिस्तानी सुरक्षाकर्मी तत्कालै परिचालित भइ आतंककारीको तीव्र खोजीमा प्रयासरत् थिए ।
यसैबीच, सुरक्षाकर्मीले आशंकित स्थानमा रातभरि छापा मारी शुक्रबार बिहान केही सिन्ध निवासीसहित ४७ जना संदिग्ध सशस्त्र आतंककारीलाई पक्राउ गरी नियन्त्रणमा लिएको सुरक्षा अधिकारीले नाम नखुलाउने शर्तमा जानकारी दिएका छन् ।
विगतका धेरै वर्षदेखि पाकिस्तानी सेना र सुरक्षाकर्मीले सशस्त्र विद्रोही तथा आतंककारीको खोजी र नियन्त्रणमा थुप्रै अपरेसन सन्चालन गर्दै आइरहेका छन् ।
समग्र राष्ट्रलाई नै क्षणभर मै स्तब्ध तुल्याउने यस आतंककारी आक्रमण र आमहत्या विगतका वर्षाैंदेखि यताको पहिलो भयानक र विभत्स घटना भएको र यसले सिंगो राष्ट्रको सुरक्षा व्यवस्थामा अधिकारीको क्षमतामै एक गम्भीर प्रश्नचिन्ह खडा गरेको छ ।
यसैबीच, संदिग्ध आतंककारी लुकेर अखाडा जमाएका स्थानमा पाकिस्तानी सुरक्षाकर्मीले चलाएका देशव्यापी छापामार अपरेसन अभियानमा कम्तीमा ३९ जना संदिग्ध सशस्त्र आतंककारीले ज्यान गुमाएका जनाइएको छ । रासस/एपी
प्रतिक्रिया दिनुहोस्