
दक्षिण कोरियाका राष्ट्रपति पार्क हेइको सहयोगी संस्थालाई घुस दिएको अभियोगमा उनी पक्राउ परेका हुन् ।
राष्ट्रपतिका सहयोगी चोइ सुन सिलको संस्थालाई मोटो रकम दिइ सरकारबाट फाइदा लिएको आरोप सामसुुङका प्रमुखमाथि लागेको छ ।
लीले पनि रकम दिएको तर सरकारबाट फाइदा भने नलिएको दाबी गरेका छन् ।
रकम दिएर भ्रष्टाचार गरेको सन्दर्भका नयाँ तथ्यहरु फेलापरेको भन्दै त्यहाँको अदालतले लीलाई हिरासतमा राख्न आदेश दिएको थियो ।
पक्राउ परेका लीमाथि मुद्दा दायर गर्न अदालतले २० दिनको समय दिएको छ ।
मोबाइल उत्पादनबाहेक सामसुङको विज्ञापन एजेन्सी, जीवन बीमा, पानीजहाज निर्माणलगायत ६० भन्दा बढी कम्पनीहरु छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्