२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


कान्तिपुर–हिरो हाफ म्याराथनमा हरि रिमाल र कान्छीमाया कोजु प्रथम


0
Shares

महिलातर्फ भने सशस्त्र प्रहरीकी कान्छीमाया कोजु प्रथम र विश्वरुपा बुढामगर दोस्रा भएकी छिन् ।

कान्तिपुरको स्थापना दिवसका अवसरमा आयोजना गरेको म्याराथनको प्रधानमन्त्री पुष्पकमल दाहालले शुभारम्भ गरेका थिए ।

२१ किलोमिटर दौडमा समाजका विभिन्न क्षेत्रका मानिसहरुको सहभागिता रहेको थियो ।

महिला र पुरुष दुवै विजेताले ५० हजार रुपैयाँसहित स्कुटर पाएका छन् भने उपविजेताले ३०-३० हजार र तेस्रो हुनेले २०-२० हजार रुपैयाँसहित मोबाइल पनि पाएका छन् ।

चौथोले १०-१० हजार, पाँचौंले ५-५ हजार र छैटौं स्थानमा रहनेले ३-३ हजार पाउने व्यवस्था मिलाइएको छ ।

हाफ म्याराथनमा ९ सय ४७ धावक सहभागी भए भने महिलातर्फ १ सय १९ धाविका दौडिए । कान्तिपुर पब्लिकेसन्सको थापाथलीस्थित सेन्ट्रल विजनेस पार्कबाट दौड सुरु भएको हो ।

तीन किमिको ह्विलचेयर दौडमा भने ३९ सहभागी भए । ५ किमि कर्पोरेट–मिडियामा करीब ५ सय सहभागि भए ।