
-दीपक श्रेष्ठ र लक्ष्मण डङ्गोल(ईमेज)
काठमाडौं । ट्याक्सी ब्यावसायीले केही समय यता भाडा समायोजन नभएको भन्दै आन्दोलन गर्दै आएका छन ।
वि.स. २०६९ सालदेखि भाडा दर लागू नगरेको, ब्यवस्थित पार्किङ नभएको, यात्रु र ट्राफिकबाट ट्याक्सी चालकमाथि अभद्र व्यवहार हुने गरेको लगायतका गुनासो उनीहरुले गर्ने गरेका छन् ।
उपत्यकामा मात्र १० हजार भन्दा बढी ट्याक्सी संचालनमा रहेको तथ्यांक छ । तर राजधानीमा ट्याक्सी सेवा कहिल्यै पनि व्यवस्थित हुन सकेको छैन ।
अधिकांश ट्याक्सीहरु मिटरमा जान नमान्ने गुनासो यात्रुहरुको गुनासो रहने गरेको छ भने ट्याक्सीहरु मिटरमा जाँदा खर्च धान्नै मुश्किल हुने दाबी गर्ने गर्छन ।
यातायात व्यवस्था बिभागले भने गत असोजमा बैज्ञानिक भाडादर निर्धाण समिती गठन गरिसकेको र चाडै नै बैज्ञानिक भाडा दर निर्धारण गर्ने तयारी भईरहेको दाबी गरेको छ ।
अर्कोतर्फ ट्याक्सी संचालकहरुको गुनासो सम्बोधन नभईरहेको बेला बिभागले काठमाडौमा पर्यटकलाई लक्षित गर्दै राजधानीमै १२ सय सिसिका ट्याक्सी थप्ने तयारि पनि अघि बढाएको र त्यस्का लागि मापदण्ड सहितको मस्यौदा मन्त्रालय पठाइसकेको छ ।
काठमाडौं महानगरपालिकाले ट्याक्सीको अधिक संख्याका कारण ट्राफिक जाम बढेको र यातायात व्यवस्था अस्तब्यस्त बनेको बताईरहे पनि यातायात ब्यवस्था विभागले भने पर्यटक सुविधाको नाममा ट्याक्सीको संख्या बढाउने तयारी गर्नुले समस्या समाधान हुने भन्दा बल्झिने त होइन भन्ने आशंका बढाएको छ ।
“
प्रतिक्रिया दिनुहोस्