
उतार–चढावबीच बजार परिसूचक नेप्से ४ अंक बराबरले ऋणात्मक रहेर १३ सय ६५ कायम भएर थामियो ।
बीमा र होटल बाहेक कारोबार भएका अरु सबै समूह ओरालो लागे । विकास बैंक समूह दोहोरो अंकले झरे पनि अरु सामान्य अंकले ऋणात्मक रहेका हुन् ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ३६ कम्पनीको १५ लाख १२ हजार कित्ता सेयर ८२ करोड २० लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्