
आगामी वैशाख ३१ गतेका लागि तय भएको स्थानीय तहको निर्वाचन र संविधान संशोधनको विषयमा छलफल गर्न प्रधानमन्त्रीले मंगलबार सर्वदलीय बैठक आह्वन गरेका हुन् ।
संसद भवन नयाँबानेश्वरमा बसेको बैठकमा प्रधानमन्त्री दाहालले मिति घोषणा भइसकेको अवस्थामा अब उपयुक्त वातावरण बनाउने गरी लाग्न आग्रह गरेका थिए ।
यस्तै, प्रधानमन्त्री दाहालले बुधबार (भोलि)बाटै संसदमा संविधान संशोधनको प्रक्रिया अघि बढ्ने भन्दै प्रस्ताव पारित गर्न एमालेलाई आग्रह गरेका थिए ।
बैठकमा प्रधानमन्त्री दाहालले सबै पक्षलाई निर्वाचनमा समेट्न संविधान संशोधन प्रस्ताव पारित गर्नुपर्ने र स्थानीय तहको संख्या बढाउनुपर्ने भन्दै सहयोगका लागि एमालेलाई आग्रह गरेको बैठकमा सहभागी नेताहरुले बताएका छन् ।
तर, एमाले नेताहरुले भने संविधान संशोधनको औचित्य नरहेको भन्दै स्थानीय तहको संख्या बढाउन नहुने सुझाव दिएको बताइएको छ ।
बैठकमा राप्रपा र फोरम लोकतान्त्रिकलगायतका दलले भने परिमार्जनसहित संविधान संशोधन प्रस्ताव पारित गर्न सकिने धारणा राखेका थिए ।
प्रधानमन्त्रीले आह्वान गरेको सर्वदलीय बैठक मधेसी मोर्चाले भने बहिस्कार गरेको छ ।
मधेसका समस्यालाई एकातिर पन्छाएर निर्वाचन घोषणा गरी मुलुकलाई द्वन्द्वतर्फ धकेल्न खोजेको भन्दै मोर्चाले बैठक बहिस्कार गरेको हो ।
मोर्चाले सरकारी कदमविरुद्ध आन्दोलनको घोषणासमेत गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्