
फाइल फोटो
पहिलो चरणमा मुआब्जा वितरण गर्न लागिएको गोरखाको घ्याल्चोक, भुम्लिचोक र दर्बुङ गाविसका बूढीगन्डकी प्रभावितलाई डुबान क्षेत्रमा पर्ने जग्गाको मुआब्जा रकम लिन लालपुर्जा माग गरिएको हो ।
‘राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय गोरखामा खाता खोल्ने प्रयोजनका लागि उनीहरुबाट लालपुर्जा संकलन गरिएको छ’–मुआब्जा समितिका संयोजक तथा गोरखाका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले भने–‘अहिलेसम्म ९६ जनाको बैंकमा शून्य मौज्दातमा खाता खोलिसकिएको छ ।’
‘बूढीगन्डकी प्रभावितमध्ये ४२ जनाको लालपुर्जा सरकारलाई प्राप्त भइसकेको र ती सबैको नाममा बैंकमा खाता पनि खोलिसकिएको छ’–उनले भने–‘केही दिनमा प्रभावितको खातामा रकम पठाउँछौं ।’
आयोजनाको सिउरेनीटारमा रहेको कार्यालयका कर्मचारीलाई जतिसक्दो छिटो प्रभावित बासिन्दाको लालपुर्जा संकलन गर्न र बैंक खाता खोल्न पनि निर्देशन दिइसकिएको प्रजिअ बस्नेतले बताए ।
पहिलो चरणमा तीन गाविसका करिब एक हजारजनालाई मुआब्जा वितरण गर्ने तयारी सुरु गरेपनि तीमध्ये करिब दुई सयजनालेमात्र मुआब्जा पाऊँ भन्दै निवेदन दिएका छन् ।
पुनर्वासको टुंगो नलाग्दा मुआब्जाका लागि निवेदन नदिएको बताइएको छ । रासस
प्रतिक्रिया दिनुहोस्