Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


सरकारविरुद्ध सशक्त आन्दोलनका लागि तयार रहन देउवाको निर्देशन


0
Shares

काठमाडौं, फागुन २१ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाएका छन् ।

नेपाल ट्रेड युनियन कांग्रेसको ७३औं स्थापना दिवसको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले सरकारले प्रेस स्वतन्त्रता पनि खुम्च्याउन खोजेको आरोप लगाए ।

कांग्रेस कार्यकर्तालाई आवश्यक परेको खन्डमा सरकारविरुद्ध सशक्त आन्दोलनका लागि तयार रहन निर्देशन दिँदै सभापति देउवाले पार्टीभित्रको गुटले सिंगो पार्टीलाई बेफाइदा गरेको गुनासो गरे ।

कार्यक्रममा कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले गुट–उपगुटले कांग्रेसलाई कमजोर बनाएको भन्दै त्यसको अन्त्यका लागि पार्टी सभापति देउवालाई आग्रह गरे ।