
उनलाई एमालेका महासचिव ईश्वर पोखरेलले विहीबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा प्रवेश गराएका हुन् ।
‘एमालेले हाल लिएको राष्ट्रवादी अडान सही भएकाले’ आफू पार्टी प्रवेश गरेको अधिकारीले बताइन् ।
महासचिव पोखरेलले एमालेका पक्षमा देशव्यापी जनलहर पैदा भएको जिकिर गर्दै पार्टी नेपाली जनताका प्रतिनिधिले जारी गरेको संविधान कार्यानवयनको पक्षमा दृढतापूर्वक उभिने बताए ।
उनले भने–‘संविधान संशोधनका नाममा औचित्यहीन प्रस्ताव स्विकार्न सकिँदैन, संविधान जलाउने र च्यात्ने तथा संविधानको आत्मा मार्ने काम गर्न पाइँदैन, एमाले त्यसको विपक्षमा छ ।’
एमालेका केन्द्रीय सदस्य सुजिता शाक्यले अधिकारीलाई अखिल नेपाल महिला संघमा उचित जिम्मेवारी दिइने जानकारी दिइन् ।
अधिकारी कांग्रेसनिकट महिला संघका जिल्ला सचिव पनि थिइन् । रासस
प्रतिक्रिया दिनुहोस्