
पक्राउ पर्नेमा झापा बाहुनडाँगी–४ का पूर्ण लुङ्गेलीमगर छन् । मगरलाई शनिबार प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
मगरको नेतृत्वमा रहेको समूहले दुई दिनअघि कर्मचारीलाई पेस्तोल देखाएर जीवन विकास लघुवित्त संस्थाको कार्यालयबाट एक लाख रुपैयाँ लुटेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
पक्राउ परेका मगरको साथबाट एकथान पेस्तोल, पाँच राउन्ड गोली, १५ हजार रुपैयाँ र दुईथान मोटरसाइकल बरामद गरेको प्रहरीले जनाएको छ ।
मगर यसअघि पनि बैंक तथा वित्तीय संस्था लुटपाटको अभियोगमा पक्राउ परी कैद सजाय भुक्तान गरिसकेका व्यक्ति हुन् ।
प्रतिक्रिया दिनुहोस्