
फाल्गुन १३ गते शुक्रबारबाट मात्र प्रदर्शनमा आएको यो चलचित्रले सर्बाधिक व्यापार गरिरहेको छ ।
काठमाडौं उपत्यका भित्रका हलहरुमा टिकट पाउन मुस्किल परिरहेको छ । राजधानी बाहिरका मुख्य सहरहरु बुटबल, पोखरा, नारायणगढ, हेटौंडा, विर्तामोडका हलहरुमा पनि दर्शकको थामिनसक्नु भीड छ । ब्यापार पनि तीन दिनमा तीन करोड नाघिसकेको छ ।
यस चलचित्रमा समावेश ‘ठमेल बजार’ बोलको गीतले यूट्युबमा एककरोड भ्युअर्स नाघिसकेको छ । ट्रेलर र गीतबाट राम्रो प्रतिक्रिया पाएको चलचित्रले अहिलेसम्मका सबै रेकर्ड तोड्नसक्ने अनुमान गरिएको छ ।
किनकी यसअघि ‘कोहिनुर’को १० करोड व्यापारको रेकर्डलाई ‘छक्का पन्जा’ले तोड्को थियो । यस चलचित्रले १६ करोड कमाएको निर्माताले दावी गरेका थिए ।
केहि बर्ष अघिको सुपरहिट फिल्म ‘लुट’ को सिक्वेल ‘लुट २’लाई पनि निश्चल बस्नेतले निर्देशन गरेका हुन ।फिल्मलाई माधव वाग्ले, नरेन्द्र महर्जन र निश्चल बस्नेतले निर्माण गरेका हुन् ।
चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, ऋचा शर्मा, कर्मा, विपिन कार्की, सुशिलराज पाण्डे लगायत अभिनयमा छन् ।चलचित्रमा पुरोषोत्तम प्रधानको छयांकन, सुरेन्द्र पौडेलको सम्पादन रहेको छ ।
सफल चलचित्र ‘लुट’ को सिक्वेल ‘लुट २’ को कथा लेखन सम्झदै निश्चलले संचारमाध्यमहरुसँग भनेका छन, ‘भूकम्प र नाकाबन्दीले चलचित्रको कथा जन्मायो ।
भूकम्प र नाकाबन्दी पछी नै हाक्कु काले जस्ता पात्रहरु बढी सक्रिय हुने र सोहि माहोलमा चलचित्रको कथा जन्मिएको हो ।’
अस्थिर राजनीतिक अवस्था, मौलाउँदो कालोबजारी र त्यसको परिणाम नै ‘लुट–२’मा प्रष्ट्याइएको छ । नाकाबन्दीको मौका छोपेर गरिएको कालो धन्दा चलचित्रले छर्लङ्ग पारिदिएको छ ।
प्रतिक्रिया दिनुहोस्