२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


भारतीय अर्थमन्त्री र एसियाली पूर्वाधार लगानी बैंकका अध्यक्ष नेपाल आउने


0
Shares

फागुन १९ र २० गते हुने लगानी सम्मेलनको तयारीबारे जानकारी गराउन मन्त्रालयले आइतबार गरेको पत्रकार सम्मेलनमा जेट्ली र लिक्वानको सहभागिता रहने जानकारी गराइएको हो ।

नेपाललाई लगानीको आकर्षक गन्तव्यका रुपमा स्थापित गराउने उद्देश्यले सरकारले नै आयोजना गर्न लागेको लगानी सम्मेलनमा चीनबाट सबैभन्दा बढि सहभागी हुने जनाइएको छ ।

सम्मेलनमा चीनबाट ८९ जना प्रतिनिधि आउने उद्योग मन्त्रालयले जनाएको छ । हालसम्म २३ देशका २ सय ५० संस्थागत एवं व्यक्तिगत लगानीकर्ता सहभागी हुने मन्त्री जोशीले बताए ।

तीन सय नेपाली लगानीकर्ता समेत सहभागी हुने जनाइएको छ । सम्मेलनमा उर्जा, पूर्वाधार, सूचना–प्रविधि, पर्यटन, खानी तथा खनिज, वित्तीय क्षेत्र, कृषि तथा वनजन्य उत्पादन लगायतका ८ वटा क्षेत्रको प्रोफाइल बनाइएको उनले जानकारी गराए ।