२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


बालाजुमा बसले मोटरसाइकललाई ठक्कर दिँदा महिलाको मृत्यु


0
Shares

                                                                                   फाइल फोटो

तारकेश्वर नगरपालिका–१० बालाजुमा बा३ख ६५१ नम्बरको बसले बा७२प ६६६१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार गंगामाया फुयाँलको उपचारकाक्रममा महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

यस्तै, मोटरसाइकल चालक राजकुमार फुयाँलको भने उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी, थानकोट, सरस्वतीस्थानमा नम्बर नखुुलेको गाडीले ठक्कर दिँदा घाइते भएका कान्छा रानामगरलाई उपचारका लागि वीर अस्पताल लैजानेक्रममा मृत्यु भएको छ ।

ठक्कर दिने सवारी–साधनको खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस