२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025


सिरियाली सेनाले प्राचीन पल्माइरा शहर नियन्त्रणमा लिने


0
Shares

सरकारी सेनाले आईएस कब्जामा रहेको शहर मुक्त गराउन प्रयास थालेको हो । सिरियाली सेना शहरमा प्रवेश गरिसकेको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

शहरको पश्चिमी क्षेत्रबाट प्रवेश गर्ने प्रयास सेनाले थालेको छ । आईएस लडाकाहरुले यूनेस्कोमा सूचीकृत यस पुरातात्विक शहरमा डिसेम्बरमा कब्जा जमाएका थिए ।

उनीहरुले केही भाग नष्टसमेत गरेका छन् । रुसी वायुसेनाको मद्दतमा सरकारी सुरक्षाबलले एक वर्ष पहिले त्यहाँबाट आईएसलाई लखेटेपनि उनीहरुले फेरि कब्जा जमाएका थिए । (एजेन्सी)