
उत्तर कोरियाका शासक किम जोङ उनका सौतेनी दाइ किम जोङ नामको हत्यामा उत्तर कोरियाली संलग्नता पाइएपछि मलेसियाले उत्तर कोरियाली नागरिकका लागि निःशुल्क भिसा प्रणाली खारेज गरेको हो ।
उपप्रधानमन्त्री अहमद जाहिद हमिदीले उत्तर कोरियाली नागरिकलाई प्रवेशमा रोक नलगाईंदा मलेसियामा अपराध मौलाएको भन्दै अब कडा गर्ने निर्णय भएको जानकारी दिए ।
गत साता रसायन आक्रमण गरी किम जोङ नामको हत्या गरिएको थियो । मलेसियाको यस निर्णयले उत्तर कोरियालाई ठूलो धक्का लाग्ने भएपनि उत्तर कोरियाले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्