
काठमाडौं, असार २१ । नेपाली बिमाबजारमा नयाँ निर्जीवन बिमा कम्पनी थपिएको छ ।
बिमाबजारमा अजोड इन्स्योरेन्सले बिहीबारदेखि आफ्नो उपस्थिति जनाएको हो ।
कम्पनीले बिमा समितिबाट व्यावसायिक कारोबारको स्वीकृति प्राप्त गरेपश्चात् बिहीबारबाट कम्पनीको कर्पाेरेट कार्यालय सीटीसी मल, सुन्धाराबाट सेवा शुभारम्भ गरेको हो ।
विनोद बिष्ट अध्यक्ष रहेको सो कम्पनीमा १०४ जना संस्थापक सेयरधनीहरु रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्