
वैज्ञानिकहरुले जनावरहरुमा सुत्ने बानी पत्ता लगाउन गरेको अध्ययनमा यो तथ्य पत्ता लागेको हो । भीमकाय शरीरका कारण यो सम्भव भएको वैज्ञानिकहरुको भनाइ छ ।
चिडियाखानाका हात्ती भने दैनिक ४ देखि ६ घन्टा सुत्ने गरेको पाइएको छ । तर, आफ्नो प्राकृतिक आवास जंगलमा भने हात्तीलाई दैनिक २ घन्टा सुत्नु पर्याप्त देखिएको हो ।
हात्तीको सुँडमा लगाइएको एक विशेष उपकरणबाट ५ मिनेटसम्म स्थीर रहने आधारमा उनीहरु कति समय सुत्छन् भन्ने पत्ता लगाइएको हो ।
हात्तीहरु दैनिक यति थोरै घन्टा सुतेर पनि कसरी जीवित रहन सम्भव छ भने विषय भने रहस्य नै छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्