२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025


अष्ट्रेलियामा विदेशी कामदारलाई दिइँदै आएको ‘वर्किङ भिसा’ खारेज हुने !


0
Shares

अष्ट्रेलियाका अध्यागमनमन्त्री पिटर डटनले अष्ट्रेलियाली युवाशक्तिलाई रोजगारीको अवसर दिनुपर्ने भन्दै फास्टफुड उद्योगमा विदेशी कामदारलाई वर्किङ भिसामा रोक लगाउने निर्णय गरिएको बताएका हुन् ।

अष्ट्रेलियाका फास्टफुड रेस्टुराँहरुमा सन् २०१२ को अध्ययनमा ९५ लाख बढी विदेशी कामदार वर्किङ भिसामा रहेको पाइएकोमा अहिले त्यो संख्या १ करोड नाघेको खुलेको हो ।

तीमध्ये सबैभन्दा बढी भारतीयहरु रहेका छन् भने त्यसपछि बेलायती र चिनियाँ रहेको तथ्यांक बाहिर आएको छ ।

सन् २०१२ देखि अष्ट्रेलियाको विपक्षी दल लेबर पार्टीले विदेशी नागरिकलाई वर्किङ भिसा दिने प्रावधान सुरु गरेको थियो ।

अष्टे«लियाको यो निर्णयले अष्टे«लियामा रहेका नेपालीहरु पनि प्रभावित हुनसक्ने अनुमान गरिएको छ । (एजेन्सी)