
यसबाट स्थानीय तहमा उद्यमशीलताको प्रवद्र्धन भएको, घर–आँगनमा उत्पादन भएका वस्तुहरुले मूल्य पाउन थालेको, खेर गइरहेका स्थानीय स्रोत–साधनको सही सदुपयोग भइ स्थानीय जनताले त्यसबाट लाभ उठाउन थालेको विश्लेषण महासंघले गरेको पनि उनले बताए ।
आगामी चैत ३ देखि काठमाडौंको भृकुटीमन्डपमा महासंघले आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय व्यापार मेलाबारे जानकारी दिन विहीबार गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष मुरारकाले यस्तो दाबी गरेका हुन् ।
अध्यक्ष मुरारकाले लगानी सम्मेलनले स्वदेश तथा विदेशमासमेत सकारात्मक सन्देश दिएको बताए ।
सम्मेलनमा उपस्थित राजनीतिक दलका शीर्षस्थ नेताहरुबाट राजनीतिक विचार फरक–फरक भएपनि आर्थिक सम्मृद्धिका विषयमा ऐक्यबद्धता प्रकट गरेबाट निजी क्षेत्रसमेत उत्साहित भएको पनि उनले बताए ।
मेला समितिका सभापति केशव पाण्डेले मेलाबारे विस्तृत जानकारी गराउँदै यस वर्ष वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोगमा ‘क्यालेन्डर इभेन्ट’कोरुपमा मेला आयोजना हुन लागेको बताए ।
छैटौं संस्करणको यो मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाका ३४० स्टल रहने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्