
विभागले बागमतीबाट स्मार्ट लाइसेन्स वितरण गरेको १५ महिना बितिसक्दासमेत अन्य भागबाट स्मार्ट लाइसेन्स जारी गर्न नसकेको हो ।
विभागका प्रवत्ता टोकराज पाण्डेले अनुसार उपत्यकामा तीनवटा कार्यालय विस्तारमा जुट्दा केही समय ढिलाइ भएको स्वीकारे । ‘प्राविधिक कारणले उपत्यकाबाहिर स्मार्ट कार्ड वितरणमा केही समय ढिलाइ भएकै हो,’ उनले भने, ‘पोखरा र बागलुङ कार्यालयबाट छिट्टै स्मार्ट लाइसेन्स जारी गर्छौ ।’
यसैबीच, यातायात व्यवस्था विभागले समयमै टेन्डर प्रक्रिया अघि नबढाउँदा स्मार्ट कार्डको अभाव देखिएको छ । विभागले टेन्डरमा ढिलासुस्ती गर्दा स्टक स्मार्ट कार्ड रित्तिँदै गएको हो । –नागरिक दैनिकबाट
प्रतिक्रिया दिनुहोस्