२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


पूर्वी पहाडी जिल्लामा बोइलर कुखुराको मासुको अभाव


0
Shares

धनकुटा, तेह्रथुम, भोजपुर र संखुवासभामा बोइलर कुखुराको मासु र चल्लाको उच्च अभाव भएको हो । पुस र माघमा अत्यधिक चिसो भएका कारण कुखुरा उत्पादनमा कमी आउँदा अहिले अभाव देखिएको धनकुटाका मासु व्यवसायी महेन्द्र तामाङले जानकारी दिए ।

यता तराईका जिल्लाबाट आयात हुने चल्लासमेत पाउन छाडेको व्यवसायीहरुले बताएका छन् । कुखुराको अभाव भएसँगै मासुको मूल्यसमेत बढेको छ ।

हप्ता दिन अघिसम्म प्रतिकिलो ३ सय रुपैयाँले बिक्री हुँदै आएको कुखुराको मासुको भाउ बढेर अहिले ३ सय ५० रुपैयाँसम्म पुगेको छ ।