२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


हत्या गरी पुरेको अवस्थामा युवतीको शव भेटियो


0
Shares

अन्दाजी २० वर्षकी पहिचान खुल्न नसकेकी युवतीको पुरेको शवको हात देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाइँले जानकारी दिए ।

अपराध अनुसन्धान महाशाखाको टोलीले विशेष अनुसन्धान सुरु गरेको जानकारी दिँदै उनले युवतीको हत्या गरी शव त्यस स्थानमा ल्याएर फालेको हुनसक्ने बताए । रासस