Logo ३१ श्रावण २०८३, आइतबार | Mon Aug 17 2026


मोदीलाई राहुल गान्धीको प्रश्न– तपाईलाई लाज लाग्दैन ?


0
Shares

नयाँ दिल्ली, फागुन १९ । भारतको प्रमुख विपक्षी दल कांग्रेस आइका अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीको कडा आलोचना गरेका छन् ।

उनले राफाल लडाकु विमान र देशको अर्थव्यवस्थाका बारेमा मोदीका भनाइप्रति लक्षित गर्दै आलोचना गरेका हुन् । राफाल विमान ल्याउन ढिलाइ भएकोमा मोदी जिम्मेवार रहेको भन्दै उनले मोदीलाई प्रश्नसमेत गरेका छन् । ‘माननीय प्रधानमन्त्री, तपाईलाई अलिकता पनि लाज महसुस हुँदैन ? तपाईले ३० हजार करोड रुपैयाँ आफ्नो मित्र अनिललाई दिनुभयो, राफाल विमान ल्याउन ढिलो भएकोमा पूर्ण रुपमा तपाई नै जिम्मेवार हुनुहुन्छ ।’

राहुलले ट्वीट गर्दै मोदीलाई भनेका छन्, ‘तपाईकै कारण विंग कमाण्डर अभिनन्दनजस्ता वायुसेनाका बहादुर पाइलट पुरानो जेट उडाएर आफ्नो ज्यान जोखिममा पारिरहेका छन् ।’

यसअघि मोदीले मुलुकमा राफाल विमानको कमी महसुस भइरहेको भन्दै पूर्ववर्ती सरकारले समयमै विमान ल्याउन पहल गरेको भए आज अर्कै नतिजा हुने टिप्पणी गरेका थिए । (एजेन्सी)