
१८७१/७२ सालको लडाईंमा नेपाली फौजले अंग्रेज फौजलाई पराजित गरेकोे यो एक मात्र किल्ला हो ।
ब्रिटिश साम्राज्यवादबिरुद्धको लडाईंमा इतिहास रचेको यो किल्ला सरकारी वेवास्थाका कारण अहिले ओझेलमा छ ।
किल्लाको महत्व र पहिचान उजागर गर्दै यसको अस्तित्व संरक्षण र विकासमा ध्यान पुर्याउनुपर्ने स्थानीयले माग गरेका छन् ।
किल्लााकोे संरक्षण गरी विकास गर्न सकेमा पर्यटकीय स्थलका रुपमा विकास गर्न सकिने सम्भावना रहेको स्थानीयको भनाइ छ ।
१८७१ देखि १८७२ सालसम्म भएको तत्कालिन इष्ट ईन्डिया कम्पनीसँगको ऐतिहासिक युद्धमा तत्कालिन गोर्खाली सेनाले यही जितगढी किल्लामा गौरवमय विजय प्राप्त गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्