
भारतीय नम्बरको टाटासुमो गाडीमा राखेर लगिँदै गरेको ९९ किलो चरेस प्रहरीले फेलापारेको हो ।
जुगेडीमा गाडी चेकजाँचकाक्रममा उक्त चरेस फेलापरेको चितवन जिल्ला प्रहरी कार्यालयका उपरीक्षक दीपक थापाले जानकारी दिए ।
चरेससँगै प्रहरीले दुईजना भारतीय नागरिकलाई पनि नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा भारत, कठियामठियाका गाडीचालक सुधन साह र रक्सौल कोईरियाका आदित्य साह छन् ।
उनीहरुलाई सोमबारै पत्रकार सम्मेलन गरी सार्वजनिक गर्नुका साथै जिल्ला अदालतबाट अनुसन्धानका लागि ७ दिनको म्याद लिइएको छ ।
विशेष सुराकीको आधारमा उक्त चरेस नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
लागुऔषध ओसार–पसार गर्न तस्करहरु दूधको तथा पेट्रोल ट्यांकरसमेत प्रयोग गर्न थालेपछि प्रहरीले विशेष निगरानी बढाएको छ ।
प्रतिक्रिया दिनुहोस्